चैत्र २४ गते टुडिखेल जाऔ

सबैले सियर गर्नु होला भोलि चैत्र 24 गते 2 ठाउबाट र्‍याली निस्कने छ एउटा र्‍याली लैनचौर र अर्को र्‍याली भृकुटीमण्डप, फनपार्क बाट हुनेछ दुबै र्‍याली ठिक 9;30 बाट सुरु हुनेछ त्यो विशाल र्‍याली काठमाडौ महलमा एकबद्द भएर एकैचोटि टुडिखेल प्रबेस गर्नेछ। त्यसैले तपाईंहरुलाई जुन ठाउँ सजिलो हुन्छ त्यसै ठाउ बाट सहभागी बन्न सक्नुहुने

#अनि_अर्को_कुरा प्रधानमन्त्री ओली औपचारिक रूपमै भारत जानु भएको कार्यक्रम सञ्चार माध्यमले जनाएको छ उनी सङ्गै महानायक राजेश हमाल र निर्देशक दिनेश डि. सी. लगायत का कलाकार हरू पनि साथ मा जाने भनिएको छ । नेपाल बाट २३ गते जाने र २४ गते भारत का प्रधानमन्त्री नरेन्द्र मोदी सङ्ग भेट हुने र सोही दिन साझ पख बलीवुड का कलाकार हरू सहित डिनर प्रोग्राम राखिएको छ । २५ गते फेरि नेपाल फर्किने कार्यक्रम रहेको छ । ठ्याक्कै त्यही २४ गते का दिन टुडिखेल मा “विशाल नेपाल (Greater Nepal)” जुन नेपाल ले सुगौली सन्धी मा गुमाएको थियो । सो सन्धि हामिले ब्रीटीश हरू सङ्ग गरिएको र उनी हरू ले १९४७ भारत छोडेर जादा नेपाल सङ्ग गरिएको सन्धी खारेज भएको थियो, सो सन्धी खारेज भैसके पछि नेपाल ले गुमाएको भु-भाग फिर्ता पाउनु पर्थ्यो । सोही आधार मानेर सचेत देशभक्त मञ्च ले एक लाख मानव सागर जम्मा गरेर गुमाएको भु-भाग भित्र राखेर कार्यक्रम सम्पन्न गर्ने भएको छ र कुरा जोडियो त्यही दिन प्रधानमन्त्री सहित नेपालका राष्ट्रिय कलाकार हरू भारत जाँदै छन । नरेन्द्र मोदी सङ्ग भेट हुदा यो प्रशङ्ग जोडिन्छ वा जोडीदैन त्यो उहाँ हरू मै छोडीदिऊ, नेपाल को राष्ट्रिय मुद्दा साधारण जन्ता मिलेर आवाज उठाउदै गर्दा उहाँ हरू को भ्रमण कत्तिको जायज छ वा छैन त्यो तपाईं हरू आफै मुल्यांकन गर्नुस् तर यस्तो कार्यक्रम का दिन उहाँ हरू को उपस्तिथि ले अझ बढी अन्तरास्ट्रिय जगत मा “नेपाल को भु-भाग पहिला यति सम्म रहेछ” भन्ने कुरा सहज रूपमै पुग्ने थियो । #के_नेपालले_गुमाएको_जमिन_फिर्ता_आउला_त? जब सम्म राष्ट्रवाद को झुठो खेती गर्ने नेता हरू सत्ता मा रहन्छन् तर सम्म जुन सुकै शक्ति ले जे जति प्रयास गरे पनि सम्भव नै छैन तर भारत ले भने अहिले रहेको भु-भाग पनि मिच्ने आट गर्ने छैन। #आखिर_राष्ट्रीयता_को_कुरा_बाहिर_आउदा_सारा_नेपाल_किन_भारत_बिरोधी_हुन्छ_त ? पक्कै पनि यो प्रश्न एकदम जायज छ किनकी बेला बेला मा राष्ट्रियता को कुरा उठ्दै गर्दछ |

Share this

Related Posts

Previous
Next Post »