कमरेड केपि वलिलाल सलाम
मैले लेखेको याे लेख तपाईंको कानुन बिरुद्ध भए खुच्चिङ।
प्रधानमन्त्री ज्यु, म एउटा स्वाभिमानी स्वतन्त्र र विश्व मानचित्रमा अपराजित राष्ट्र वीर गाेर्खालिकाे सपूत ठान्छु अाफुलाई। ईतिहास का पाना पल्टाएर देश बुझ्दै जाँदा वर्तमानमा नेपाली शाशकहरुलाई तपाईंले झापा अान्दोलन ताका मान्छे काटेझै काट्नु मन लाग्छ,प्रकृतिको अनुपम उपहार स्वरुपकाे मेराे देश अाज सुन माथि सुतेर अरुसँग नुन मागिरहेकाे मलाई मन परेन।
३ कराेड नेपाली जनता केपि वलि लाई प्रधानमन्त्री बनाउन चाहन्छन् भन्दै चुनाव अगाडि केपि अाेलिले विकासको बाढी ल्याउछ अब भनेर ठाेक्नुभएकाे भाषण र तपाईंका नाेटबुक जत्रा घाेषणा पत्र मैले कण्ठ पारेकाे छु।
नाकाबन्दी ताका भारतसँग झुकिन्न भनेर संसद भवन भित्र नेपाली जनतालाई अात्मनिर्भर हुन सिक भन्दै तपाईंले ठाेकेकाे भाषणलाई सलाम ठाेक्ने ब्यक्ति म पनि हुँ। बिद्यालय मा फि तिर्न नसक्दा नसक्दै दस हजार रुपैयाँ मा ग्यास किन्ने देखि लिएर नुवाकोटका जङ्गल का दाउरालाई सुनकाे मूल्य तिर्ने बिद्यार्थी बर्गले केपि अाेलि जिन्दावाद भनेकाे पनि ताजा याद छ दिमागमा ।तीन करोड नेपाली भाेकै बस्न तयार भए नाकाबन्दी काे सामना गर्न तयार भए तर भारतसँग झुक्न तयार भएनन र तपाईंको भाषण र जनताकाे मन बिच नङ र मासुकाे सम्बन्ध भएको पनि ताजा छ मेराे दिमागमा , हिजेा तपाईं र तपाईंको पार्टीकै चुनाव जित्नुकाे मुख्य कारण पनि यहि हाे । नेपाली जनताले स्वाभिमानी चाहेका थिए ,स्वतन्त्र हुन चाहन्थे ,अात्मनिर्भर हुन चाहन्थे, तपाईंका चुनावी घाेषणा पत्र पढेपछि हजारौं युवाले पासपाेर्ट फालेका थिए ।
तपाईंको सरकार अाएपछि युवा पलायन राेक्छु नेपालमा राेजगारकाे ग्यारेन्टि दिलाउछु , बिदेसिएका युवालाई स्वदेश फर्काउछु भनेर भाषण ठाेकेकाे तपाईं लाई अाज देशकाे पाँच ठाउँबाट श्रम स्विकृति दिँदै युवालाई विदेश लखेट्न लाज लागेन?
हिजाे सत्ता बाहिर रहँदा देश बिकासका लामा लामा भाषण सुनाउदै गर्दा जनताले तालि ठाेकेका थिए तपाईंहरूले देशलाई साँच्चै बिकास गर्नुहुन्छ जस्तो लागेर। २००७सालदेखि अाज २०७४ सालसम्म सिंह दरबार मा हजारौं सासक हरु छिरे जनताका मुद्दा लिएर संसदमा कतिजना जन प्रतिनिधिहरुले जनताकाे समस्या र समाधान खाेजे हँ?
सबै जना अाफ्नाे भुँडी भर्न भ्रष्टाचार गर्न ,अाफ्ना सन्तानलाई दुतावासकाे शरण परेर विदेश पढाउन बाहेक साँच्चै देश बिकासमा मात्र निस्वार्थ जनताकाे सेवामा समर्पित कतिजना नेताबने हँ?
विश्व इतिहासमा हेर्ने हाे भने नेपाल भन्दा धेरै गुणा जनघनत्व भएको चिन मा एकजना माअाेले दर्दानक स्थितिमा रहेकाे गाेबर जस्तो भिखारि देशलाई रातारात अाज विश्वकाे उत्कृष्ट देश बनाउन सफल भए । चाहे हिटलर काे इतिहास हेर्नुस चाहे माक्र्सवादी ,लेनिनबाद या कुनैपनि बादलाई हेर्नुस् एउटा ब्यक्ति बाट अर्थात एउटा ब्यक्ति काे सहि सिद्धान्त भयाेभने देश ले कसरी बिकाशकाे छलाङ मार्छ।
अब भन्नुस नेपाली जनताले बिकास ,सुशासन ,स्वतन्त्रता पाउन का लागि कहिले सम्म कुर्नुपर्ने हँ। कि नेता भनाउदा दलाल स्याल गिद्द र हुँडारहरुकाे भुँडी देश नबेचिकन नअगाउने नै हाे?
के नेपाली जनताले विभिन्न अान्दोलन का नाममा तपाईं हरुकाे अराजकता काे खेलमा राेई रहनुपर्ने हाे?
कहिलेसम्म नेपाली युवा रेमिट्यान्स मा बेचिरहनुपर्ने हाे?
कहिलेसम्म राताे काठका बाकस नेपाल भित्र्याउने हाे?
कहिलेसम्म अाफ्नाे स्वाभिमान गुमाएर बिदेशी काे गुलाम बनिरहनु पर्ने हाे हामिले?
धानले भकारि भरेर पनि कहिलेसम्म अर्काको मा चामल माग्न जानुपर्ने हाे?
घरकाे नम्बरि सुन दिएर कहिलेसम्म नुन किन्ने हँ?
देसका लगानिकर्ता, व्यापारी र जनतालाई कहिलेसम्म लगानि गर्ने वातावरण तय हुँदैन ?
के भारतलाई प्राकृतिक सम्पति सुम्पेर अाफु प्याराे भैरहने परम्परा नराेकिनेनै हाे?
सरकारको युवा लक्षित कार्यक्रममा युवालाई रेमिट्यान्स मा बेचेर खेतबारी बाँझै राख्ने नियम छर?
सम्माननिय प्रधानमन्त्री ज्यु,
यदि तपाईं सँग यति धेरै काम गर्ने क्षमता छैनभने राजिनामा दिनुस तपाईंहरु जस्ताे शाशकले देश बर्वाद पारिसक्नुभएकाे छ। अझै जनतालाई झुटकाे खेति कहिलेसम्म गर्नुहुन्छ ?
सरकारकाे कृषि क्रान्तिमा झुटकाे खेति हुन्छ, भने अन्न फलफुल पशुपालन काे खेति चाहिँ कुन क्रान्ति अन्तर्गत पर्छ?
तपाईं हरुकाे श्वेतपत्रले बताईसक्याे कि देश कति टाँट पल्टिसकेकाे छ भनेर।
तपाईं हरुले देशलाई अात्मनिर्भर बनाउन सक्नुहुन्न भने म र म जस्ता युवालाई देश सुम्पनुस , दश बर्ष भित्र मा प्रत्येक नेपाली जनतालाई शिक्षा ,स्वास्थ ,राेजगार दिलाएर हामी देखाउछाै।
तपाईं हरुले जे जत्ति गर्नुभयो देशकाे लागि त्यसका लागि तपाईं हरुलाई धन्यवाद।
अब घरमा बसेर अाराम गर्नुस त्यसैमा तीन कराेड नेपाली जनता खुसि हुनेछन् , बरु तपाईं हरुलाई मासिक भत्ताकाे ब्यवस्था हामी मिलाउछाै।
४१८० मेगावाटको अपर कर्णाली जस्ताे नेपालकै सबैभन्दा सस्तो लगानिमा सम्पन्न गर्न सकिने अायाेजनालाई ९०० मेगावाट मा घटाएर २५ बर्ष सम्म भारतलाई बुझाउनु कुन बिकास अन्तर्गत पर्छ मन्त्री ज्यु?
देशमा अाफै लगानि गरेर जलविद्युत उत्पादनमा लागाै ,बाँझो जमिन जाेतखन गराै ,युवालाई स्वदेश फर्काउ भन्नुहुन्छ हाेला भनेकाे त झन तपाईंले त दिल्लिबाट स्विच थिचेर नेपालकाे नदि भारतलाई सुम्पनु भयाे है।पढ्दै नपढेकाे बिषयमा डाक्टर बनाइदियाे भारतले तपाईंलाई घिराैला जत्राे नाक बनाउनु भयाे त्यसमा नेपालि जनताले के पाए?
बिदेशमा लाखौं खर्च गरेर science ,ईन्जिनियर पढेका लाखौं युवाछन् तपाईंको नागारिकहरु , देशकाे विकास कसरी हुन्छ कसरि गर्ने भनेर ती युवालाई कहिल्यै सरकारले साेधेकाे छ?
साेधेकाे छ त केवल दिल्लिमा गएर विस्तारवादका मालिकहरुलाई साेधेकाे छ।
अन्त्यमा प्रधानमन्त्री ज्यु हामी नेपालि जनता तपाईहरुबाट अाजित भैसकेका छाै। अब चहदैनाै कि हामि तपाईं हरुकाे याे कदम फेरि दाेहाेरिनेछ र हामि फेरि रुदै हिडाै।
अब हामि कसैसँग हात फैलाएर होइन स्वाधीन मा रहेर अात्मनिर्भर भएर बाँच्न चाहन्छाै ।
प्रविण अधिकारी
रामेछाप