मलेसियामा उपचारको क्रममा एक नेपालीको मृत्यु

  


सुनाखरी मगर/मलेसिया ।

चैत २७ – उपचारको क्रममा मलेसियामा एक नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको पिपलचौताराका प्रकाश घलेको आइतबार मृत्यु भएको हो । २० गते बिहान ओछ्यानबाट उठन नसकेपछि प्रकाशलाई अस्पताल लगिएको थियो । 
प्रकाशका साथीका अनुसार ओछ्यानबाट उठ्न नसकेका प्रकाशकाे शरीरको एक भाग नचल्ने भएकाे थियाे । प्रकाश मलेसियाको जोहरबारुस्थित जिआरसी एसडिएन बिएचडी कम्पनीमा काम गर्नुहुन्थ्यो ।
उहाँको तीन वर्षे करार अवधि सकिन एक महिना मात्रै बाँकी थियो । त्यसैले घर फर्किने तयारी गरिरहनुभएको थियो ।

Share this

Related Posts

Previous
Next Post »