भरतपुर महानगरपालिका–१४ पकौडीमा बिहीबार आयोजित शोकसभामा उनले शुक्रबार आफु काठमाडौं फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे।
दाहालले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए। विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, ‘पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ।’
मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै दाहालले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको दाबी गरे।
नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने बताउँदै उनले जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएकाले त्यसको पक्षमा आफुहरु रहेको उल्लेख गरे।
सरकारले छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउने भन्दैदाहालले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताए।
अध्यक्ष दाहाल अाफ्ना साला (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौं दिनमा बिहीबार माओवादी केन्द्र १४ नं वडा कमिटीले आयोजना गरेको श्रद्धाञ्जलि सभामा भरतपुर अाएकाहुन।
